नेपालमा कोरोना : संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार, आज कति थपिए संक्रमित ? (पूर्ण विवरण)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४९ हजार ९ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल १० हजार ९ सय ४ परीक्षण गर्दा सो परिमाणमा संक्रमितहरु थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ५९ हजार ९ सय ९२ पुगेको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ हजार १ सय ३० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

त्यसो त पछिल्लो समय काठमाडौं उपत्यकामा समेत कोरोना संक्रमितको संख्या घटिरहेको छ । पछिल्लो २४ घण्टामा थप ३ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २८५ जना, भक्तपुरमा ३३ र ललितपुरमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?