नेपालमा कोरोनाका थप ४६ जनाको मृत्यु, ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त

लोकपथ
434
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप ३ हजार १ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ९ सय ४ परीक्षणमा पीसीआर विधिबाट १ हजार ४ सय ८४ जनार ७ सय १३ जनामा एन्टीजेन विधिबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?