पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

लोकपथ
63
Shares
तस्वीर: गुगल

काठमाडौं । प्युठानमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको झिमरुक गाउँपालिका–६ तोरवाङका बसन्त केसीका दुई वर्षीय छोरा यमन केसी रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको पोखरीमा आज बिहान डुबेर अचेत भएका बालक यमनको प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवीप्रसाद गैरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?