मानसिक तनावलाई कम गर्ने प्राणायाम यसरी गरौँ  (भिडियो सहित)

योग पथको अर्को शृङ्खला

लोकपथ
0
Shares

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर लोकथपले आफ्नो आधिकारिक युट्युब च्यानल मार्फत आज देखि योग पथ प्रसारणमा ल्याएको छ ।

योग पथको भिडियो शृङ्खलाको मुख्य उद्देश्य भनेको घरमै बसेर योग गरी स्वस्थ हौ भन्ने नै हो । कोरोना सङ्क्रमणको खतरा अझै नटरेको कारण सामूहिक रूपमा योग गर्ने वातावरण नबनेको कारणले गर्दा पनि लोकपथले भिडियो शृङ्खला ल्याएको हो ।

‘घरमै योग’ अन्तर्गत यो भिडियो शृङ्खलामा प्राणायामका विभिन्न क्रियाहरूले हामीलाई के कस्तो किसिमको फाइदा गर्छ । यो क्रिया कसरी गर्ने भन्ने विषयमा पतञ्जलि योग समिति नेपालका युवा संयोजक एवं योग गुरु लोकनाथ खनालले अभ्यास गर्दै बताउनु भएको छ ।

शरीरको भित्री भाग अझ बिशेषत मानसिक तनावलाई विशेष रूपमा प्राणायामका आसनहरूले फाइदा पुर्‍याउने गर्छ । यो बाहेक प्राणायामका आसनहरूले फोक्सो, मुटु, पेट, आँखा आदीलाई सक्रिय गरेर शरीरलाई धेरै किसिमको समस्याहरू हुन दिँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?