काठमाडौं । तनहुँमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् ।
६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्याँस नगरपालिका-९ झिनुवाटार बस्ने ५५ वर्षीय प्रेम बहादुर थापालाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कलेस्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया