काठमाडौं । माछा मार्ने क्रममा पोखरीमा आइतवार डुबेर बेपत्ता भएका अर्जुनधारा नगरपालिका–११ का ४० वर्षीय माइकल सोरेनको आज बिहान शव फेला परेको छ ।
अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाको घरमा कामदारका रुपमा बस्दै आएका सोरेन आइतवार माछापोखरीमा डुबेर बेपत्ता भएका थिए ।
नगरप्रमुखको घरदेखि २० मिटर पश्चिममा रहेको माछापोखरीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएलगत्तै नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको टोलीले खोजी गरेको थियो । उनको शव उद्धार टोलीले आज बिहान मात्रै पोखरीमै फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
सोरेनको शव परीक्षणका लागि मेची अस्पताल पठाइएको छ । उनी नगरप्रमुखको घरमा पाँच वर्षदेखि स–परिवार बस्दै आएका थिए । उनका श्रीमती, एक छोरी र दुई छोरा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया