निरन्तर घटिरहेको सुनचाँदीको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । केहिदिन यता निरन्तर घटिरहेको सुनचाँदीको मूल्य सोमवार बढेको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार रहेको थियो । भने आज सुन तोलामा ४ सयले वृद्धि भइ प्रतितोला छापावाला सुन ९० हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य ८९ हजार ९ सय ५० रहेको छ ।

आइतवारको तुलनामा तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार चाँदीको प्रतितोला मूल्य १ हजार २ सय ९० रहेको थियो । आज मूल्य

वृद्धि भइ प्रतितोला चाँदी १ हजार २ सय ९५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?