बिहान उठ्ने बित्तिकै तपाईँले यी आसन गर्नुस्, धेरै किसिमका फाइदा हुने छन्

अन्तर्राष्ट्रिय योग दिवसमा घरमै योग भिडियो शृङ्खला सुरु

लोकपथ
819
Shares

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना भइरहेको छ । कोभिड–१९ को सङ्क्रमण समाप्त नभएको कारण यस पटकको अन्तर्राष्ट्रिय योग दिवसका कार्यक्रमहरू भर्चुअल रूपमै आयोजना भइरहेको छन् ।

संयुक्त राष्ट्र सङ्घले आजको दिन जून २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मान्यता दिएपछि यसलाई करिब १ सय भन्दा बढी सदस्य राष्ट्रहरूले समर्थन गरिसकेका छन् । योग दिवसलाई अन्तर्राष्ट्रिय मान्यता दिनु पर्छ भनेर संयुक्त राष्ट्र सङ्घमा पहिलो पटक समर्थन गर्ने राष्ट्रमा नेपाल पनि रहेको थियो । यसमा हस्ताक्षर नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गर्नु भएको थियो ।

सामूहिक र सार्वजनिक रूपमा गरिने योग कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नआएको कारण गत वर्ष देखि भर्चुअल रूपमै सञ्चालन भइरेका छन् । नेपालमा योगको क्षेत्रमा सक्रिय दर्जनौँ संघसंस्थाहरुले गत वर्ष देखि नै आफ्ना कार्यक्रमहरू भर्चुअल रूपमै सञ्चालन गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर लोकपथ डटकमले आजबाट ‘घरमै योग’ भन्ने भिडियो शृङ्खला आफ्नो आधिकारिक युट्युब च्यानल ‘लोकपथ टिभी’ मार्फत सञ्चालनमा ल्याएको छ । घरमै सुरक्षित रहेर आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ बनाउने भन्ने विषयमा तयार पारिएको यो भिडियो शृङ्खला पतञ्जलि योग समिति नेपालका युवा संयोजक एवं योग गुरु लोकनाथ खनाल मार्फत तयार पारिएको हो । यो भिडियो शृङ्खलामा खनालले योग मार्फत समाधान गरिने विभिन्न रोग र जीवन शैलीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा विभिन्न जानकारीहरू प्रस्तुत गर्नुहुने छ ।

यो अभियान अन्तर्गतको घरमै योगको पहिलो शृङ्खलामा खनालले बिहान उठ्ने बित्तिकै गर्नु पर्ने नित्यकर्म देखि विभिन्न आसनका कुराहरूलाई प्रस्ट पार्नु भएको छ । यो भिडियोमा राती सुत्दा शिथिल भएको शरीरका अङ्गहरूलाई कसरी लचिलो बनाउने, उठ्ने बित्तिकै के कस्तो खाने, कब्जियतको समस्या भएका व्यक्तिले के गर्ने भन्ने लगायत विभिन्न विषयमा बताउनु भएको छ । यदि तपाईँहरू पनि स्वस्थ जीवनशैली अपनाउन चाहनु हुन्छ र बिहान उठ्ने बित्तिकै कसरी दैनिकी सुरु गर्ने भन्ने विषयमा जानकारी राख्न चाहनुहुन्छ भने यो भिडियो हेर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?