युरो कप २०२० : समूह ‘ए’को समीकरण

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत समूह ‘ए’का सम्पूर्ण समूह चरणका खेल सकिएका छन्।

इटाली, वेल्स, स्विट्जरल्यान्ड र टर्की सम्मिलित समूह ‘ए’मा इटालीले शत प्रतिशत नतिजा निकाल्यो भने टर्की समूह चरणबाटै बाहिरिन पुग्यो। इटालीसँगै वेल्सले पनि दोस्रो स्थान कब्जा गर्दै अन्तिम १६को यात्रा सुनिश्चित गरेको छ भने स्विट्जरल्यान्डले तेस्रो स्थान ओगटेको छ। वेल्स र स्विट्जरल्यान्डले समान ४ अंक बटुल्दा गोल अन्तरले वेल्स दोस्रो स्थानमा रहन पुगेको हो।

समूह ‘ए’मा सबै समूह चरणका खेल सकिँदा अंक तालिका केही यस्तो देखिएको छ।

 

समूह ‘ए’को समीक्षा

समूह विजेता: इटाली


खेल: ३
जित: ३
टर्कीविरुद्ध: ३-०
स्विट्जरल्यान्डविरुद्ध: ३-०
वेल्सविरुद्ध: १-०
अंक: ९
गोल अन्तर: +७
सर्वाधिक गोलकर्ता: सिरो इम्मोबिले (२)

 

दोस्रो स्थान: वेल्स


खेल: ३
जित: १
बराबरी: १
हार: १
स्विट्जरल्यान्डविरुद्ध: १-१
टर्कीविरुद्ध: २-०
इटालीविरुद्ध: ०-१
अंक: ४
गोल अन्तर: +१

 

तेस्रो स्थान: स्विट्जरल्यान्ड


खेल: ३
जित: १
बराबरी: १
हार: १
वेल्सविरुद्ध: १-१
इटालीविरुद्ध: ०-३
टर्कीविरुद्ध: ३-१
अंक: ४
गोल अन्तर: -१
सर्वाधिक गोलकर्ता: जर्दान शकिरी (२)

 

बाहिरिएको टोली: टर्की


खेल: ३
हार: ३
इटालीविरुद्ध: ३-०
वेल्सविरुद्ध: २-०
स्विट्जरल्यान्डविरुद्ध: ३-१
अंक: ०
गोल अन्तर: -७

शीर्ष दुई टोली इटाली र वेल्सले अन्तिम १६ मा स्थान पक्का गर्दा तेस्रो स्थानमा रहेको स्विट्जरल्यान्डले भने अन्य टोलीको प्रदर्शनी कुर्नु पर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?