काठमाडौं, ९ चैत -‘आज पनि सोध्न मन लाग्छ, बालकृष्ण ढुंगेल जेल बस्नुपर्ने तर अरू छाती चौडा गरेर घुम्ने, यो कस्तो गणतन्त्र हो ?’ उनको प्रश्न त्यतिमै रोकिएन, ‘देशमा कम्युनिस्टको सरकार छ । गणतन्त्र दिवस मनाइन्छ । तर त्यही गणतन्त्रका लागि लडेका एउटा योद्धा जेलमा छन् । यो कस्तो गणतन्त्र हो ? कहाँ छ गणतन्त्र ?’सर्वोच्च अदालतको आदेशमा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेलद्वारा लिखित गीति एल्बमको विमोचन कार्यक्रममा उनकी जेठी छोरी विनिताको प्रश्न हो यो । ढुंगेल केन्द्रीय कारागारमा जेल सजाय बिताइरहँदा उनीद्वारा रचित गीति एल्बम बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको थियो ।कार्यक्रमको अध्यक्षता उनकी जेठी छोरी विनिताले गरेकी थिइन् । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै बाल्यकालको स्मरण गर्दै उनले सभाहल नै स्तब्ध पारिन् । आफ्नो बाल्यकालबारे उनले सुनाउँदा कार्यक्रममा प्रमुख अतिथि तथा राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला), पूर्वसञ्चारमन्त्री राम कार्की, पूर्वशिक्षामन्त्री डीआर पौडेलको समेत आँखा रसाएका थिए ।‘म र मेरी बहिनी कहिलेकाहीँ आमालाई सोध्थ्यौं– सबैका बुबा घरमा छन्, हाम्रो बुबा चाहिँ खोइ त ? हामी आमालाई यो प्रश्न निरन्तर सोध्थ्यौं तर यही प्रश्नले आमालाई सारै पीडा हुँदोरहेछ,’ उनले विगत सम्झिन्, ‘हाम्रो प्रश्न आएपछि आमाले हामीलाई सम्झाउनुहुन्थ्यो, बुबा माओवादी हुनुभएको छ, कुनै दिन आउनुहुन्छ, भन्नु हुन्थ्यो ।’‘गाउँमा साथीहरूका बुबाले नयाँ कपडा ल्याइदिएको देखाउँदा पनि हामी घरमा आएर आमालाई बुबा खोइ भनेर सोध्थ्यौंै, यहाँसम्म कि बालकृष्ण ढुंगेलकै छोरी भएकाले हामीले बाबुको फोटो हेर्नसमेत पाएका थिएनौं,’ विनिताले भनिन्, ‘घरमा सेना र प्रहरीले खानतलासी गर्ने काम सधैंजस्तो गथ्र्यो । आमाले बुबाका फोटा घरपछाडि खाल्डो खनेर लुकाएकी थिइन् । एक दिन त्यो पनि सेनाले थाहा पाएर खाल्डो उधिनेर फोटो नै लग्यो, त्यसपछि फोटामा भेटेका बुबा पनि हामीबाट टाढा भए । बालकृष्ण ढुुंगेलका छोरी भएकै कारण हामीले आप्mनो बाबाको फोटो पनि हेर्न पाएनौं ।’ विनिताले सुरक्षाका कारण गाउँमा बस्न नसकेपछि काठमाडौंमा आएर आमा ज्यामी काम गर्न थालेको र आफूहरू अनाथालयमा बसेको समेत सुनाइन् ।उनले मानवअधिकारवादीलाई आफ्नो मानवअधिकारबारे खोज्न नपर्ने भनेर प्रश्नसमेत गरिन् । उनले भनिन्, ‘सावित्री श्रेष्ठको मानवअधिकार खोज्ने मानवअधिकारवादीहरूले मेरो मानवअधिकार किन खोज्दैनन् ?’ के मेरो मानवअधिकार हुँदैन ? हुन्छ भने किन खोज्दैनन् ?’ राजधानी दैनिकमा खबर छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया