युरो कप खेल २५ : समूह चरणमा इटालीको शत प्रतिशत जित, अन्तिम खेलमा वेल्स पराजित

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आईतवार भएको खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको छ।

इटालीको राजधानी रोममा भएको समूह ‘ए’को अन्तिम चरणको खेलमा इटालीले वेल्समाथि जित निकाल्दै शत प्रतिशत नतिजा निकालेको हो। इटालीको लागि म्याटियो पेसिनाले गोल गरे।

पहिलो हाफको ३९औं मिनेटमा मार्को भेराटीले प्रहार गरेका फ्रिकिकलाई पेसिनाले गोलमा परिणत गर्दा इटालीले खेलमा अग्रता लिएको थियो। शुरुवाती ४५ मिनेट आफ्नो पक्षमा पारेको इटालीले दोस्रो हाफमा गोल थप्न सकेन।

दोस्रो हाफको ५५औं मिनेटमा वेल्सका डिफेन्डर इथान अमपाडुले रातो कार्ड पाएर मैदान बाहिर जाँदा पाहुना टोली १० खेलाडीमा सीमित भयो। १० खेलाडीमा लगभग ३५ मिनेटको खेल खेलेको वेल्सले खेलमा कुनै गोल गर्न नसक्दा हार बेहोर्न पुगेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?