काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा आफ्नो हस्ताक्षर चोरिएको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार राति ट्वीट गर्दै डा. भट्टराईले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई लक्षित गर्दै आफ्नो हस्ताक्षर दुरुपयोग गरि निर्वाचन आयोगमा बुझाएको भन्दै आपत्ति जनाएका छन् ।
‘स्वच्छ छवीका मानिएका८०बर्षे नेताले समेत पार्टी बैठकको नक्कली श्रेस्ता बनाएर निर्वाचन आयोगमा मेरो समेत हस्ताक्षर दुरूपयोग गरेको देखेर स्तब्ध छु !’ डा. भट्टराईले भनेका छन् ।
त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली प्रति कटाक्ष गर्दै डा. भट्टराईले मुहान फोहोर भएपछि तल सफा नहुने समेत टिप्पणी गरे ।
‘ओली-विद्या राजमा नेपाली राज्य र राजनीतिको नैतिक धरातल पातालमै भासिने भो! मुहानमै फोहोर नाला मिसिएपछि तल सफा हुने कुरै भएन।’ डा.भट्टराईले अघि भनेका छन् ।
पछिल्लो समय जसपाभित्रको विवाद चुलिएको छ । महन्थ पक्ष सरकारमा सामेल रहेको छ भने उपेन्द्र बाबुराम पक्ष भने सरकार विरुद्ध रहेको छ । यसैक्रममा महन्थ पक्षले आफ्नो समेत हस्ताक्षर प्रयोग गरेको भन्दै त्यसबारे स्पष्ट पारेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया