प्रदेश प्रमुख झा पूर्व नगरप्रमुखको घरमा पुगेपछि…

RSS
210
Shares

जनकपुुर । प्रदेश नं. २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ प्रदेशका सामाजिक अगुवासँगको भेटघाटमा व्यस्त रहेका छन्। प्रमुख झाले पूर्व जनप्रतिनिधि एवं नागरिक अगुवा राजदेव मिश्र (बाबा) लाई भेट्न आज उनको निवास पुगेका थिए।

जनकपुरमा वडाध्यक्षदेखि प्रमुखसम्म बनेका राजदेवलाई डा. झाले आज बिहान विद्यापति चौकस्थित आनंद नगरमा रहेको उनको घर पुग्दा स्थानीयबासीको भीड लागेको थियो ।

प्रदेश प्रमुख डा.झाले बाबा राजदेवसँग जनकपुरको वस्तुस्थिति, उनको राजनीतिक जीवन, जनकपुरधामलाई आधुनिक बनाउने विषयका बारेमा छलफल गरेका थिए । मिश्रले जनकपुरधामलाई रामायणकालीन मिथिलाको रूपमा आफूले हेर्न चाहेको बताउँदै जनकपुरको परिक्रमा क्षेत्रभित्र मासु र मद्यपान बिक्री वितरण बन्द गर्न राजदेवले प्रदेश प्रमुख डा.झासँग आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?