काठमाडौं) जर्मनीमा सक्रिय रहेको संस्था लालीगुराँस परिवारले काठमाडौंको तारकेश्वर नगरपालिकाको साङ्गलामा सञ्चालित कोभिड-१९ आइसोलेसन केन्द्रमा प्रयोग हुने गरि २ थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ ।
काठमाडौं महानगरपालिकाको वडा नं १६ को वडाकार्यलयका वडाध्यक्ष मुकुन्द रिजाल मार्फत तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरालाई हस्तान्तरण गरिएको हो ।
परिवारका अध्यक्ष टेक थापा ,उपाध्यक्ष सरिता आचार्य र वरिष्ठ सदस्य तथा अग्रज समाजसेवी डोर बहादुर गुरुङको विशेष पहलमा परिवारको सम्पूर्ण सदस्यहरुको सहयोगमा संकलित रकमबाट कन्सन्टेटर एनआरएनए मार्फत नेपाल पुर्याइएको थियो ।
तारकेश्वरका मेयर बोहराले सहयोग ग्रहण गर्दै आफूहरुको ठूलो समस्या हल भएको र हल गरिदिने सहयोगी संस्था लालीगुराँस परिवार र समन्वय गरिदिने काठमाडौं महानगरपालिका वडा नं १६ लाई धन्यवाद ज्ञापन गरेका थिए ।
लालीगुराँस परिवारले नेपालमा आपत विपद्देखि हरेक सामाजिक काममा सहयोग गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया