देश तथा विदेशका खबर थाहा पाउनुहोस् एकै क्लिकमा (टप १५ हेडलाइन्स् भिडियोसहित)

लोकपथ
112
Shares

१. कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु, थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४ सय ५६ जना कोरोना संक्रमण मुक्त

२.कांग्रेस महाधिवेशनबाट सभापतिमा दोहोरिने देउवाको चाहना, निधिको पनि दाबी, पार्टी केन्द्रीय नेताहरुद्वारा निधिसँग फेरि संवाद गर्न देउवालाई सुझाव

३.वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा भोलिबाट सकिँदै, सबै क्षेत्र एकै पटक नखुलाई नयाँ मोडालिटीबाट स्मार्ट लकडाउन गरिने

४. कोरोना संक्रमणका कारण चितवन भरतपुर ३ का कायस्थ दम्पत्तिको २३ घण्टाको अन्तरमा मृत्यु, संक्रमण र मृत्युदर केही कम भएपनि जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन चिकित्सकको अनुरोध

५.अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोगको प्रतिबद्धता जनाएपनि पुरा नभएको भन्दै नेपालले झक्झकायो विदेशी साझेदारहरुलाई, परराष्ट्रमन्त्री महासेठद्वारा क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा लगानीका लागि अनुरोध

६. दलित भएको भन्दै कोठा भाडामा दिन नमान्ने काठमाडौंकी एक घरबेटी पक्राउ, ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने, अनुसन्धानबाट मुद्धा किनारा नलागे म्याद थपिन पनि सक्ने प्रहरीको भनाई

७. नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज भारि गिरावट, ६३ अंकको पहिरो, कारोबार रकम पनि घट्यो, आत्तिए सेयर लगानीकर्ता

८. तामाकोशी नदीमा मिसिने चीनको रोङ्सी नदीमा खसेको पहिरो चिनियाँ टोलीले पन्छायो, तामाकोशीमा बाढीको जोखिम ट¥यो, नदीको प्रवाह साबिककै रूपमा बग्दै

९.निषेधाज्ञाको डेढ महिनामा बलात्कारका ७३ घटना बाहिर आएको ओरेक नेपालको तथ्यांक, ३७१ महिला तथा बालबालिकामाथि विभिन्न प्रकारका हिंसा , ३६ प्रतिशत घटनामा छिमेकीको संलग्नता

१०.कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप लिएका व्यक्तिमा जटिल समस्या निकै कम देखिएको चिकित्सकको भनाई, खोप लगाएकाहरुको शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने विज्ञको दाबी

११.स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत पुगेका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै, अक्सिजन सपोर्ट हटाइयो पूर्णरुपमा सुधार हुन केही समयलाग्ने

१२. बाढीपहिरोका कारण मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना क्षतविक्षत, मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अनिश्चित, मेलम्ची आयोजनाको बाँधसँग सम्पर्कविच्छेद

१३. भारतमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितको संख्या ८१ दिनपछिकै सबैभन्दा कम, तेस्रो लहरको जोखिम औँल्याउँदै विज्ञ भन्छन्, सबैजना सर्तक र अनुशासित हुनुपर्छ

१४.गाडी तस्करहरू विरुद्ध सरकार गम्भिर रहेको सन्देश पठाउन र तस्करहरूलाई पाठ सिकाउन भन्दै फिलिपिनो सरकारद्वारा २१ वटा लक्जरी कार नष्ट, बिएमडब्लु, फरारी , ल्यामबर्गिनी लगायत कार समेत कच्याककुचुक पारी कवाडीमा पठाईयो

१५.यूरोकप फुटबल अन्र्तगत दुई बलिया टिम ईटली र वेल्स आमनेसामन्ने हुँदै, लगातार तेस्रो जित निकाल्ने दाउमा ईटली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?