काठमाडौँ, ९ चैत- सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए ।कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले बताए । चिकित्सकले उपचारका लागि आउने कर्मचारीको दैनिकी बुझ्दा दिनभर चियाको भरमा बस्ने गरेको सुनाएका थिए । सिंहदरबारभित्र करिब सात हजार कर्मचारी छन् ।उनीहरूमध्ये हालसम्म चार सय १० ले स्वास्थ्य परीक्षण गराएकोमा ७० प्रतिशत अर्थात् दुई सय ८७ मा उच्च रक्तचाप देखिएको मुडभरीले बताए, नयाँ पत्रिकामा खबर छ ।रक्तचापबारे जान्नैपर्ने कुराचिकित्सकहरूका अनुसार ३० प्रतिशत व्यक्तिमा उच्च रक्तचापको लक्षण नदेखिन सक्छ । सामान्यतया वयस्कको रक्तचाप १२०/८० एमएमएचजीभन्दा कम हुनुपर्छ । १२०—१३९ / ८०—८९ एमएमएचजीलाई उच्च रक्तचापउन्मुख अवस्था मानिन्छ ।१४०—१५९/९०—९९ एमएमएचजीलाई उच्च रक्तचाप भनिन्छ । १६०/१०० एमएमएचजी वा सोभन्दा बढीलाई जोखिमपूर्ण उच्च रक्तचाप मानिन्छ । उच्च रक्तचाप मुटु, रक्तनली, हृदयाघात तथा मिर्गाैला बिग्रिने प्रमुख कारण हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया