स्याङजामा असार १५ सम्म निषेधाज्ञा

लोकपथ
56
Shares

काठमाडौं । स्याङजामा निषेधाज्ञा थप गरिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय स्याङजाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ ।

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितकोे संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?