युरो कप २०२० : समूह ‘ए’का चारवटै टोली आज भिड्दै, इटालीलाई वेल्सको चुनौती

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत आज आईतवार दुई खेल खेलिँदै छन्।

अहिलेसम्म दोस्रो चरणका सम्पूर्ण समूह चरणको खेल सकिँदा आज समूह ‘ए’मा तेस्रो चरणका खेल हुँदै छन्।

युरो कपमा नेपाली समय अनुसार साँझ ६:४५ को ‘किकअफ’ सकिएको छ। आज समूह ‘ए’का दुवै खेल नेपाली समय अनुसार बेलुकी ९:४५ बजे किकअफ हुने तालिका रहेको छ।

आजका दुई खेल

१) इटालीविरुद्ध वेल्स

स्थान: ओलम्पिक स्टेडियम, रोम
दर्शक: ३०,००० अपेक्षित
अंक तालिका: इटाली (१), वेल्स (२)
प्लेयर्स टू वाच: सिरो इम्मोबिले (इटाली), ग्यारेथ बेल (वेल्स)

 

२) स्विट्जरल्यान्डविरुद्ध टर्की

स्थान: बाकु ओलम्पिक स्टेडियम, आजरबैजान
दर्शक: ३४,५०० अपेक्षित
अंक तालिका: स्विट्जरल्यान्ड (३), टर्की (४)
प्लेयर्स टू वाच: जर्दान शाकिरी (स्विट्जरल्यान्ड), बूराक यिलमाज (टर्की)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?