काठमाडौं । निषेधाज्ञा अवधिमा पाँच हजार एक सय परिवारलाई सहुलियतमा खाद्यान्न उपलब्ध गराएको खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश कार्यालयले जनाएको छ ।
आइतवार खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेड बागमती प्रदेश प्रमुख ज्ञानु थापाले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यको बुँदा नं. ५५ मा उल्लेख भए बमोजिम उपभोक्तालाई २० प्रतिशत छुटमा खाद्यान्न उपलब्ध गराउने निर्णय भएको र सो निर्णय अनुसार जेठ २१ गतेदेखि असार ४ गतेसम्म पाँच हजार एक सय परिवारलाई २० प्रतिशत सहुलियतमा खाद्यान्न विक्रि गरेको बताइन् ।

हालसम्म सहुलियत दरमा १४ सय ५ क्वीन्टल चामल, ३० क्विन्टल सिमी, २२ क्वीन्टल गहुँ उपलब्ध गराइएको उनले बताए । कम्पनीले यस अवधिमा ८७ लाख २४ हजार ३२५ रुपैयाँ रकम बराबरको खाद्यान्न विक्रि गरेको पनि उनले जानकारी दिइन् ।
कम्पनीले काठमाडौं उपत्यकाको चक्रपथ सेरोफेरोको आसपास सम्म खाद्यान्न सामग्रीको होम डेलिभरी पनि गर्दै आएको उनले जानकारी दिइन् । होम डेलिभरी सेवामा भने छुट नदिइने उनले स्पष्ट पारिन् ।
खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले गत मंसिरदेखि चैत्रसम्म करिब २ लाख ७७ हजार क्वीन्टल धान किसानसँग किनेको र सोही धानलाई कुटी चामल विभिन्न दुर्गम जिल्लामा पर्याउनेदेखि काठमाडौंमा विक्रि वितरण गरिएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया