सामानहरु चोरि गर्दै हिँड्ने दुई जना पक्राउ : ५ लाख भन्दा बढि रकमसहित विभिन्न सामान बरामद

लोकपथ
119
Shares

मोरङ । प्रहरीले मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष प्रहरी परिचालन गरी उनीहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभि थान-१, कानमा लगाउने झुम्का थान-३, लेड टिभि थान-१, मोवाइल थान-२, फलामे कराई थान-१, फलामे औजार थान-४, चाँदीको सिक्री थान-१ र नेपाली नगद ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का विनोद कुमार नुनियाले संचालन गरेको महाविर इलेक्ट्रिक पसलमा भेन्टिलेसन फुटाई नगद ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोडका समिर लामाको wineart पसलमा राती झ्याल फुटाई नगद ८९ हाजर १ सय ४५ र २ वाट मोवाइल, त्यसै गरी गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्रचोक स्थित अनिस रिजालले संचालन गरेको Next terms education visa serves ढोका फुटाई धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका बिरेन्द्र कुमार मण्डलले संचालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडी छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु। १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ ।

पक्राउ परेका चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?