‘अतिकम विकसित राष्ट्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य’

लोकपथ
112
Shares

काठमाडौं। उपप्रधान एवम परराष्ट्रमन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएका छन् ।

आज (आईतवार) राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई भर्चुअल सम्बोधन गर्दै मन्त्री रघुवीर महासेठले अतिकम विकसित राष्ट्रका विकासका आवश्यकता पूरा गर्न अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताएका हुन् ।

अल्पविकसित देशहरुको उत्पादकत्व बढाउन क्षमता अभिवृद्धि, भौतिक पूर्वाधार, ऊर्जा र सम्पर्क सञ्जाल विस्तारमा विकास साझेदारहरुबाट लगानी हुनुपर्नेमा परराष्ट्रमन्त्री महासेठले जोड दिएका थिए ।

राष्ट्रसंघको चालु महासभाबाट नेपाल विकासशिल मुलुकमा स्तरोन्नती हुने प्रस्ताव अनुमोदन हुने तयारीमा रहेको छ ।

मन्त्री महासेठले विकाशका लागि आन्तरिक एवं बाह्य स्रोेतका साथै सार्वजनिक एवं निजी क्षेत्रबाट पूँजी परिचालन गरिने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?