नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनाको मृत्यु

लोकपथ
224
Shares

काठमाडौं । कोरोनाका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ७ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये पीसीआर विधिबाट १ हजार ४ सय २१ जना तथा एन्टीजेन विधिबाट १ हजार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?