शेयर बजारमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतवार शेयर बजारमा भारी गिरावट आएको छ ।

आइतवार शेयर बजार ६३.२८ अंकले घटेर २९०५.१४ अंकमा कारोबार रोकिएको छ । आज कुल ११ अर्ब ८१ करोड ९४ लाख ८ हजार २ सय ८९ रुपैयाँ बराबरको कारोवार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै आज २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता शेयर किनबेच भएको छ । त्यस्तै आज २ सय ३१ कम्पनीको १ लाख २८ हजार २ सय ८१ पटक कारोबार भएको छ । आज सबै उपसमूहहरुको कारोबार घटेको छ ।

आज सबैभन्दा बढी हाइड्रोपावर कम्पनीको कारोबारमा गिरावट आएको छ । यस समूहको कारोबार ३.३८ प्रतिशतले गिरावट आएको छ । त्यस्तै,सबैभन्दा कम जीवन बीमा कम्पनीको कारोबार १.७ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?