काठमाडौं । भारतको तमिलनाडुका पूर्व मन्त्री एवम अन्नाद्रमुकका नेता मणिकन्दन पक्राउ परेका छन् । चेन्नाई सिटी प्रहरीले उनलाई बेंगलुरुबाट पक्राउ गरेको हो ।
नेता मणिकन्दनलाई एक महिलालाई बलात्कार गरेको, गर्भपतन गराएको र ज्यान मार्ने धम्की दिएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले बताएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नेता मणिकन्दनले ती महिलाको बलात्कार गरेका थिए । पछि उनी गर्भवती भएपछि उनको इच्छ्या विपरित गर्भपतन गराएका थिए ।
नेता मणिकन्दनले आफूले ती महिलालाई आफूले नचिनेको दाबी गरेका छन् । प्रहरीले नेता मणिकन्दनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया