अरुवाखोलामा फसेका ८ जना बच्चाको सशस्त्र प्रहरीद्धारा सकुशल उद्धार

लोकपथ
91
Shares

कपिलवस्तु । अरुवाखोलाको बिचमा फसेका ८ जना बच्चाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

विजयनगर गााउँपालिका १ मधनगरा स्थित अरुवाखोलाको बिचमा फसेका ८ जना बालबालिकाहरुलाई सशस्त्र प्रहरी बल बि .ओ.पी जुवावैराठ कपिलवस्तु बाट स.प्र.नि सत्य कुमार बुढाथोकीको कमाण्डमा खटिएको ११ जनाको प्रहरी टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो ।

उद्दार गरिएका बालबालिकाहरु कपिलवस्तु जिल्ला विजयनगर गााउँपालिका १ बस्ने १४ वर्षीय निसा मगर , १४ वर्षीय सागर परियार , ७ वर्षीय आकृति परियार , ८ वर्षीय निसा मल्ल , १२ वर्षीय प्रदिप रावत क्षेत्री , १३ वर्षीय आकाश परियार , १२ वर्षीय शक्ति परियार , १३ वर्षीय नैनकला रावत क्षेत्री रहेका छन् ।

गाईबस्तु चराउन गएका बच्चाहरु साँझको ४ बजे तिर एक्कासि ठुलो पानी परे पछि पानीको बहाव बढेसगैँ खोलाकैबिचमा अलपत्र परेका थिए ।

केहि दिन देखी परिरहेको अबिरल बर्षाको कारण सबै ठाउँमा खोला र नदिहरुमा पानीको बहाव बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?