लगातारको वर्षाले जमीन भासिँदा डोटीमा पक्की घर भत्कियो

RSS
322
Shares

काठमाडौं । लगातार वर्षातले डोटीको सायल गाउँपालिका–१ कौराडी गैतोलाका गोरखबहादुर देउवाको दुईतले पक्की घर गए राति भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जमीन भासिएपछि घर भत्किएको हो ।

घर भत्किए पनि मानवीय तथा चौपाया क्षति नभएको उनले जानकारी दिए । छपाली अस्थायी प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक रामदत्त पन्तका नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीयवासीले उद्धार गरेका छन् ।

डोटी जिल्लामा अहिले पनि वर्षात भइरहेको छ । वर्षाका कारण डोटीका विभिन्न ठाउँमा पहिरा आउँदा सडकसमेत अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?