आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
481
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । केहिदिन यता घटिरहेको बजारमा आज पनि सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाएको हो ।

शुक्रवारको तुलनामा आइतवार छापावाला सुनको मूल्य तोलामा ८ सयले गिरावट आएको छ । शुक्रवार सुनको मूल्य ९० हजार ८ सय रहेको थियो । आज मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रवार सुन तोलामा १२ सय र बिहीवार ११ सयले गिरावट आएको थियो ।

त्यसैगरी आज तेजावी सुनको मूल्य तोलामा ८९ हजार ५ सय ५० कायम भइ कारोबार भइरहेको छ ।

शुक्रवारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले गिरावट आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ५ रहेको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १ हजार २ सय ९० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?