कस्तो रहनेछ दिनभर मौसमको अवस्था ? (बुलेटिनसहित)

लोकपथ
42
Shares

काठमाडौं । आज बिहानको मापन अनुसार महाकाली र यसका सहायक नदीमा बहाव सतर्कता तह आसपास रहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव बढ्दो क्रममा रहेको र सबैमा बहाव सतर्कता तह भन्दा तलै रहेको महाशाखाले जानकारी दिएको छ ।

त्यस्तै नारायणी, कर्णाली र यसका सहायक नदीमा बहाव केही बढ्ने तथा सबैमा सतर्कता भन्दा तलै हुने पुर्वानुमान गरिएको छ । कोशी जलाधारका केही स साना सहायक नदीमा क्षणिक मध्यम, भारी वर्षा भई बहाव बढ्दो हुने र केही स साना नदीमा आकस्मिक बहाव हुन सक्ने, महाकाली र यसका स साना सहायक नदीमा बहाव बढ्ने र केही साना नदीमा बहाव सर्तकता तह पार गरी खतरा तह आसपास पुग्न सक्ने पुर्वानुमान बाढी पुर्वानुमान महाशाखाको छ ।

कन्काई, कमला, बागमती जलाधारका केही स साना सहायक नदीमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुनसक्ने, पश्चिम राप्ति, तिनाउ, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स साना नदीमा सर्तकता आसपास पुग्नसक्ने पुर्वानुमान रहेको महाशाखाले बताएको छ ।

हेर्नुहोस् देशभरका नदीमा बाढीको अवस्था कस्तो रहनेछ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?