युरो कप खेल २३ : निकै नै रोमाञ्चक खेलमा जर्मनीद्वारा पोर्चुगल पराजित

लोकपथ संवाददाता
494
Shares
MUNICH, GERMANY – JUNE 19: Cristiano Ronaldo of Portugal runs with the ball whilst under pressure from Marcel Halstenberg of Germany during the UEFA Euro 2020 Championship Group F match between Portugal and Germany at Football Arena Munich on June 19, 2021 in Munich, Germany. (Photo by Matthias Schrader – Pool/Getty Images)

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगल जर्मनीसँग ४–२ गोल अन्तरले पराजित भएको छ ।

जर्मनीस्थित एलिनाज एरिना रंगशालामा शनिबार राति भएको खेलमा पोर्चुगलले आफ्नै पोस्टमा दुई गोल हान्यो । दुई गोल उपहार पाएको जर्मनीले थप दुई गोल गर्दा पोर्चुगल समूह एफको दोस्रो खेलमा स्तब्ध बन्न पुग्यो ।

यी दुई टोलीबीचको खेलमा सुरुवाती अग्रता पोर्चुगलले लिएको थियो । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले खेलको १५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, ३५ र ३९ औं मिनेटमा पोर्चुगलका खेलाडी रुबेन डियास र राफेल गुरेरोले आत्मघाती गोल गरेपछि जर्मनी २–१ को अवस्थामा पुग्यो । पहिलो हाफमा २–१ को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा दुई गोल थप्न पुगेको हो ।

जर्मनीका लागि काइ हार्भिटजले ५१ र रोबिन गोसेन्सले ६० औं मिनेटमा गोल गरे। त्यसपछि पोर्चुगलका डिएगो जोटाले ६७ औं मिनेटमा गोल गर्दै टीमलाई ४–२ को अवस्थामा पुर्याएपनि त्यो पर्याप्त हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?