काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित भारी वर्षा हुने साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै भारीवर्षा को सम्भावना रहेको महाशाखाको भनाई छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको महाशाखाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया