बाजुरा । बुढिनन्दा नगरपालिका– १ स्थित रुपासैँनी भीरबाट लडेर गम्भीर घाइते भएका १६ वर्षीया ललिता गिरीको आजसम्म उद्धार हुन सकेको छैन । गत असार १ गते घाँस काटिरहेका अवस्थामा सो भीरबाट एक्कासी लड्दा उनको घाँटि तथा ढाँडमा असर पुर्याएको थियो । अचेत अवस्थामा यहाँस्थित कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उनलाई पुर्याइएको थियो । स्वास्थ्य केन्द्रका चिकित्सक डिकेन्द्र सञ्ज्यालले किशोरीको अक्सिजन लेबल घटेको जानकारी दिँदै तत्काल अन्यत्र रिफर गर्नुपर्ने जानकारी दिए ।
प्रतिकूल मौसमले हवाई उड्डयन हुन नसक्दा किशोरी गिरीको हवाई उद्धार हुन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए । उनले भने, “ मौसम सफा हुने बित्तिकै किशोरीको उद्धार हुन्छ । जिल्लामा हेलिकप्टर आउन सकेको छैन । ” सुदूर पश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले हवाई उद्धारमा पहल गर्नुभएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया