युरो कप खेल २२ : हंगेरीले विश्वकप विजेता फ्रान्सलाई बराबरीमा रोक्यो

लोकपथ संवाददाता
364
Shares
BUDAPEST, HUNGARY – JUNE 19: Peter Gulacsi of Hungary makes a save during the UEFA Euro 2020 Championship Group F match between Hungary and France at Puskas Arena on June 19, 2021 in Budapest, Hungary. (Photo by Tibor Illyes – Pool/Getty Images)

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शनिवार भएको पहिलो खेलमा हंगेरीले वर्तमान विश्वकप विजेता फ्रान्सलाई १-१ गोलको बराबरीमा रोकेको छ।

हंगेरीको राजधानी ‘बुडापेस्ट’मा ६१,००० दर्शक सामु भएको समूह ‘एफ’को खेलमा हंगेरीले उत्कृष्ट डिफेन्डिङ फुटबलको प्रदर्शनी पेश गर्यो। पहिलो हाफको अधिकतम समय फ्रान्सले खेलमा दबदबा बनाए पनि अतिरिक्त समयमा हंगेरीले पहिलो गोल गर्न पुग्यो।

रोलान्ड सालाईको शानदार काउन्टर इट्याकिङ पासमा हंगेरीका अटीला फियोलाले गोल गर्दा हंगेरीले खेलमा अग्रता लिएको थियो। दोस्रो हाफमा केही संघर्ष गरेको फ्रान्सको टोलीले ६६औं मिनेटमा खेल बराबरीमा पुर्यायो।

खेलको ६६औं मिनेटमा एन्टोइन ग्रिजम्यानले गोल गर्दा फ्रान्सले खेलमा कमब्याक गर्न सफल भएको हो। पहिलो हाफमा फ्रान्सका स्टार खेलाडीद्वय किलियन एमबाप्पे र करिम बेन्जीमाले केही सुवर्ण अवसरहरू खेर फाल्दा फ्रान्सले हंगेरीसँग एक अंकमै चित्त बुझाउनु परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?