१. ११ हजार ६९६ जनामा परिक्षण गर्दा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि, ३४ जनाको मृत्यु, काठमाडौँमा थपिए २०१ जना संक्रमित, ३ हजार ६६० जना संक्रमणमुक्त
२. अविरल वर्षापछि आएको बाढी र पहिरो र डुबानमा परी पछिल्लो एक सातामा १७ जनाको मृत्यु, १७ जना घाइते, २२ जना बेपत्ता, १०९ जनाको उद्धार
महाकाली नदीमा जल सतह खतरा नजिक भएकोले भोलि बिहानसम्म सतर्कता अपनाउन आग्रह
३. बाढी पहिरोपिडितका लागि भन्दै जथाभावी रुपमा चन्दा संकलन हुन थालेपछि सिन्धुपाल्चोक प्रशासनको कडा नियम, जथाभावी चन्दा संकलन नगर्न प्रशासनको निर्देशन, नमाने १ लाखसम्म जरिवाना र दुई वर्ष कैद सजाय हुने
४.विदेश जानका लागि २२ वटा निजी अस्पतालले गरेको कोरोना परिक्षणको रिपोर्टलाई सरकारले मान्यता दिने, पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशालाको रिपोर्ट मान्य हुने निर्णय
५.महाधिवेशनको मिती तय गरिएपछि कांग्रेसमा माहोल तातियो, सभापति देउवा आफू निकटहरुसँग भेटघाटमा, देउवा इतर समूह पनि जुट्यो छलफलमा
६.मुस्ताङमा खोप तार्दै गरेको भिडियो शेयर गर्दै डब्लूएचओका निर्देशक टे्रेडोसले गरे चिन्ता व्यक्त, स्वास्थ्यकर्मीहरुले समेत खोप नपाएको भन्दै खोपको समान वितरणमा गम्भीर हुनुपर्ने सुझाव
७.स्वीस बैंकमा नेपालीको धन बढेकोप्रति कांग्रेस नेता धनराज गुरुङको आक्रोश भन्छन्, ‘ब्वाँसाहरुले देश रित्याउने भए’
८.स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर अब सबै प्रकारका व्यापार व्यवसाय खुला गर्न व्यवसायीले दिए सीडीओलाई सुझाव, असार ७ पछि पनि सबै व्यवसाय बन्द गरिए स्वीकार्य नहुने चेतावनी
९.सुल्झिएन जसपा विवाद महन्थ पक्षले कीर्ते गरेको पत्र आयोगमा बुझाइएको उपेन्द्र पक्षको दाबी, नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य गैरकानुनी तथा दण्डनीय भएको बाबुराम उपेन्द्र पक्षको आरोप
१०. विश्व बैंकको सहयोगमा खरिद गरिएका ९८२ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई हस्तान्तरण, यथासक्य ७ वटै प्रदेशस्थित स्वास्थ्य प्रतिष्ठानमा पुर्याउने स्वास्थ्यमन्त्री तामाङको प्रतिबद्धता
११. अरनिको राजमार्ग अन्तरगतको सडकखण्ड ठाउँ ठाउँमा भासियो, राजमार्ग र लिपिङ पुलमा भएको क्षतिबारे सभामुख सापकोटाको चासो, छिट्टै बाटो खुलाउन माग
१२. नेपालमा जारी निषेधाज्ञामै चार्टड उडानमार्फत् झण्डै २० हजार जना नेपाल आए, ३४ हजार विदेशिए, भारत, कतार, चीन लगायतका देशबाट सबैभनदा धेरै नेपाली स्वदेश फर्किए
१३. उच्च सावधानी नअपनाए भारतमा ६ देखि ८ हप्तामै कोरोनाको तेस्रो लहर शुुरु हुन सक्ने, डेल्टा भेरियन्टबाट उत्परिपर्तन भएर बनेको डेल्टा प्लसका कारण एन्टिबडी औषधि समेत कम प्रभावकारी हुन सक्ने विज्ञको चेतावनी
१४. फिलिपिन्समा सञ्चालन हुने एसियन महिला भलिबल च्याम्पियनसिपबाट पाँच देशले नाम फिर्ता लिए, नेपालसहित १२ देशले प्रतियोगितामा सहभागिता जनाउने
१५. र, युरोकपमा आज तीन खेल हुँदै रोनाल्डोलाई रोक्ने दाउमा इतिहासकै सर्वाधिक सफल टोली जर्मनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया