काठमाडौं । स्याङजामा आँधीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
पुतलीबजार नगरपालिका-४ राङकोष बस्ने ४६ वर्षीय मन बहादुर थापाको आँधीखोलाले बगाई शनिवार दिउँसो मृत्यु भएको हो ।
खोला तरेर खोलापारी जाने क्रममा अचानक बगाउँदा उनको मृत्यु भएको बताइएको छ ।
त्यस्तै उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया