दक्षिण पेरूमा बस दुर्घटना : २७ जनाको मृत्यु

लोकपथ
35
Shares

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूको अयाकुचोमा शुक्रवार एउटा बस दुर्घटना हुँदा कम्तीमा २७ व्यक्तिको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको प्रारम्भिक जानकारी अनुसार स्थानीय समय बिहान ३ः०० अयाकुचो क्षेत्रबाट अरेक्वीपातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकदेखि करिब २५० मिटर तल खोलामा खसेको थियो ।

राजधानी लिमाबाट ६०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित दुर्घटना स्थलको प्रारम्भिक रिपोर्ट अनुसार वारी पालोमिनो कम्पनी बसमा अधिकांश खानीमा काम गर्ने श्रमिक र उनीहरूका परिवार रहेका प्रहरीले बताएको छ ।

दुर्घटना भएको सूचनापछि लगत्तै उद्धार टोली, दमकलकर्मी र प्रहरी अधिकारीहरू घटनास्थलमा ग्र्य घाइतेहरूलाई उद्धार गरि नजिकैको नास्काको अस्पताल लगिएको छ ।

पेरुको प्रहरले दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?