काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको काठमाडौं उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घटिरहेको छ ।
सरकारले कोरोना परीक्षणको दर घटाएसँगै उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्यामा कमि आएको हो ।
यसैक्रममा पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये काठमाडौंमा २ सय १, भक्तपुरमा ४४ र ललितपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएएको छ ।
यसैक्रममा पछिल्लो २४ घण्टामा देशभर गरिएको कुल ११ हजार ६ सय ९६ जनाको परीक्षण गर्दा थप २ हजार ४ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ४५ हजार २ सय ९ पुगेको मन्त्रालयले जनाएको छ ।
कुल संक्रमितमध्ये १ हजार ६ सय ८८ जनाको पीसीआर र ७ सय ३१ जनामा एन्टीजेन पोजेटिभ आएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतक संख्या ८ हजार ६ सय ७५ पुगेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा ५ लाख ५३ हजार ३ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा थप ३ हजार ६ सय ६० जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
पछिल्लो समय नेपालमा कोरोना संक्रमितको दर कमि भएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । मन्त्रालयको तथ्यांक अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया