काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले बाढी पीडितको नाममा जथाभावी चन्दा राहत वा सहयोग संकलन नगर्न निर्देशन दिएको छ ।
जिल्लाको विभिन्न ठाउँमा आएका बाढी पहिरोको कारण समस्यामा परेको नागरिकहरुलाई राहत बाड्ने क्रममा विवाद परेपछि प्रशासनले त्यस्तो निर्देशन दिएको हो ।
आज एक विज्ञप्ति जारी गर्दै प्रशासनले विपद् जोखि न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २४(१) (ख) ‘अनुमती लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा वा बजारमा कृतिम अभाव साथै कालोबजारी गरेमा त्यस्ता व्यक्ति वा संस्थलाई एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै हुनसक्ने चेतावनी दिएको हो ।
‘विपद् जोखिम न्यूनीकरण तथा राहत व्यवस्थापन ऐन, २०७४ को दफा २४(१) ख बमोजिम ‘‘अनुमती लिई वा नलिई विपद्का नाममा चन्दा राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १(ख) मा विपद्को समयमा अप्राकृतिक रुपमा बजार मूल्य वृद्धि गरेमा वा कृतिम अभाव सिर्जना गरेमा वा गुणस्तरहीन वस्तु तथा सेवाको कारोबार गरेमा‘‘ यस्तो कार्य गर्ने गर्नेलाई कसूरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले यस्ता गलत क्रियाकलाप नगर्न नगराउन भए गरेको सूचना प्राप्त भएमा जिल्ला प्रशासन कार्यालय वा नजिकैको प्रहरी चौकी वा (मोवाइल नं ९८४१३९२८८३) मा जानकारी गराइदिन सर्वसाधारण सबैमा जानकारी गराइन्छ ।’ प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया