काठमाडौं । नेपाल स्काउटका अध्यक्ष लोक बहादुर भण्डारीले बालबालिकाको व्यक्तित्व विकासका लागि स्काउटले विद्यालयको तल्लो तहसम्म पुगेर काम गर्ने बताएका छन् ।
शनिवार नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा कुरा गर्दै अध्यक्ष भण्डारीले बालबालिकाको व्यक्तित्व विकासको वृद्धि गर्दै सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता छ भन्नेकुरा विद्यालयको तल्लो तहसम्म पुगेर बुझाउने बताए । उनले विद्यालय तहको पाठ्यपुस्तकमा समेत स्काउटको बारेमा राखिएको र बजेटमा पनि स्काउटलाई विद्यालयमा पर्याउने कुरा आएको उल्लेख गर्दै शिक्षकहरुलाई तालिम दिएर विद्यार्थीहरुलाई स्वयम्सेवी भाव जगाउने पनि बताए । उनले भने– ‘स्काउटको संरचना स्थानीय तहसम्म गएको छ । विद्यालयमा स्काउट पर्याउने काम बजेटमै आएको छ । पाठ्यपुस्तकमै ६ कक्षमा आइसकेको छ । अब शिक्षकहरुलाई तालिम दिने र उनीहरुले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराएर स्वयम्सेवी भाव जगाउने, सवल व्यक्ति, सक्षम व्यक्ति बन्नकालागि सफल व्यक्ति बन्नका लागि स्काउटको आवश्यकता तल्लो तहमा छ भन्ने बुझाउने, नैतिक शिक्षा दिन्छौँ तल्लो तहमा । आदरभाव सिकाउँछौँ ।’

अध्यक्ष भण्डारीले समाजमा स्काउटको आवश्यकता र महत्व बढ्दै गएको पनि बताए । समाजमा स्वयमसेवा गर्नेहरु घट्दै गइरहेको बेला स्काउटले समाजका विकृति र विसंगतिका विरुद्ध जुध्नका लागि अग्रसर बनाउँदै सकारात्मक सोचका साथ स्वयमसेवी बनाउने गरेको उनले बताए । उनले भने– ‘अहिलेका युवाहरुलाई समाजमा उत्तरदायी बनेर सामाजिक काममा बढी सहभागी हुने र समाजका जतिपनि विकृति र विसंगति छन्, त्यसमा जुध्नका लागि युवाहरुलाई नै अग्रसर बनाउने काममा नेपाल स्काउटले त्यो शिक्षा प्रदान गरेर समाजको विपत् व्यवस्थापनमा होस्, त्यो शिक्षा प्रदान गर्ने र त्यसखालका तालिमहरु हामीले दिने र उसको नेतृत्व विकासका सम्बन्धमा विविध खालका क्रियाकलापमा सक्रिय रुपमा उपस्थित गरायौँ भने हामी नकारात्मक सोच राख्नेकुरा अन्त्य गर्न सक्छौँ । त्यो काम नेपाल स्काउटले गर्छ । युवाहरुलाई अग्रणी स्थानमा राख्नुपर्ने र बढी सहभागी गर्नुपर्ने आवश्यकता छ । त्यसकारण हाम्रो उपदेयिता झन्झन् महत्वका साथ बढेको छ ।’

केही समय अघिसम्म निष्क्रिय देखिएको नेपाल स्काउटले पछिल्लो समय आफ्नो सक्रियता देखाएको छ । देशभरको स्थानीय तहसम्म आफ्नो संरचनालाई पुर्याउँदै हाल कोरोनाको महामारीमा पनि स्काउटले स्वयमसेवी भुमिका खेलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया