युरो कप २०२० : आज तीन ‘ब्लकबस्टर’ खेल, दावेदार टोलीहरु सबै भिड्दै

काठमाडौं । युरो कप २०२० अन्तर्गत आज तीन खेल खेलिंदै छन्। आज हुने खेलमा समूह ‘एफ’ मा रहेका चारवटै टोलीले प्रतिस्पर्धा गर्दै छन् भने समूह ‘ई’बाट बलियो टोली स्पेन र पोल्यान्ड प्रतिस्पर्धा गर्दै छन्।

‘ग्रुप अफ डेथ’ अन्तर्गत पहिलो खेलमा बर्तमान विश्वकप विजेता फ्रान्सले ‘अण्डरडग’ टिम हंगेरीको सामना गर्दैछ। त्यस्तै आज खेलिने दोस्रो खेलमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र चार पटक विश्वकप विजेता जर्मनी आमने सामने हुँदै छन्।

नेपाली समय अनुसार पहिलो खेल अहिले साँझ ६:४५ बजेबाट शुरू हुँदैछ भने आजको तेस्रो खेल भने राति १२:४५ बजेबाट ‘किकअफ’ हुने तालिका रहेको छ।

आजका तीन खेल

१) हंगेरीविरुद्ध फ्रान्स

समूह: एफ
नेपाली समय: साँझ ६:४५
स्थान: पुस्कस एरेना, बुडापेस्ट, हंगेरी
दर्शक: ६०,००० अपेक्षित
प्लेयर्स टू वाच: किलियन एमबाप्पे (फ्रान्स), पिटर गुलास्की (हंगेरी)

 

२) पोर्चुगलविरुद्ध जर्मनी


समूह: एफ
नेपाली समय: बेलुकी ९:४५
स्थान: एलियान्ज एरेना, म्युनिख, जर्मनी
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) , सर्ज ग्नाब्री (जर्मनी)

 

३) स्पेनविरुद्ध पोल्यान्ड

समूह: ई
नेपाली समय: मध्यरात १२:४५
स्थान: सेभिल, स्पेन
दर्शक: ३०,००० अपेक्षित
प्लेयर्स टू वाच: थियागो (स्पेन), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?