भारत । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ ।
पछिल्ला केही दिनदेखि दैनिक संक्रमितको संख्यामा निरन्तर कमी हुँदै आएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक संक्रमितको संख्यामा २.९८ प्रतिशतको दरले कमी हुँदै आएको मन्त्रालयले शनिवार जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा एक हजार ६४७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको देखिएको छ ।
त्यसैगरी सोही अवधिमा कुल ९७ हजार ७४३ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
भारतमा अहिलेसम्म कुल दुई करोड ९८ लाख २३ हजार ५४६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । ती मध्ये सात लाख ६० हजार १९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको पाइएको छ ।
कोरोनाभाइरसलाई जितेर संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या भने दुई करोड ८६ लाख ७८ हजार ३९० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया