अस्ट्रेलियामा संघर्षरत नेपाली मोडल (फोटोसुट)

नेपालमा रहँदा पुनम रायमाझीको इच्छा सफल मोडल बन्ने भन्ने नै थियो । नेपालमा रहँदा उनले म्युजिक भिडियोमा अभिनय गरिन् भने धेरै फेसन सोहरूमा र्‍याम्प मोडलिङ समेत गरिन् ।

गोरखा मूल घर भए पनि काठमाडौंको नक्सालमा स्थायी बसोबास गर्दै आएकी पुनमले द्रव्य शाह बहुमुखी क्याम्पसबाट म्यानेजमेन्ट विषयमा प्लस टु गरिन् । अहिले उच्च शिक्षाका लागि अस्ट्रेलियाको सिड्नीमा ब्याचलर अफ एकान्टिङ अध्ययन गरिरहेकी छन् ।


सानै देखि मोडलिङमा रुचि भएकै कारणले गर्दा उनले आफूलाई सोही अनुसार निखार्दै आएको बत्ताउँछिन् । नेपालमा राम्रो मोडेलको रूपमा स्थापित हुने क्रममा उनका फोटोसुटहरु आकर्षक मानिन थालेको थियो । विभिन्न पोस्टर र म्यागेजिनका लागि विशेष फोटोसुट समेत गरेकी पुनमले उच्च शिक्षाका लागि आफूले नेपालमा बनाएका रहरहरूलाई थाती राख्नु परेको बताउँछिन् ।


शिक्षाले भविष्य उज्यालो बनाउँछ भन्ने मान्यता राख्ने पुनम, अहिले आफूलाई अस्ट्रेलियामा सङ्घर्षरत रहेको बताउँछिन् । पढाइको साथ साथै अवसर र समय मिलेमा उनी मोडलिङको क्षेत्रमा आउने इच्छामा पनि छिन् । किनकि उनको रहर फेसन डिजाईनिङको क्षेत्रमा पनि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?