भक्तपुर । भक्तपुरको इँटा भट्टाको खाल्डोमा एक बालकको शव भेटिएको छ ।
महानगरिय प्रहरी परिसर भक्तपुरले दिएको जानकारी अनुसार चाँगुनारायण नगरपालिका ९, ताथलीमा राजु मछेका छोरा १० वर्षका रोजनको शव भेटिएको हो ।
शुक्रवार बिहान ११ः०० बजेको बालक हराएको र आसपास वरिपरि जान सक्ने ठाँउ तथा साथीभाईसँग बुझ्दा समेत फेला नपरेको जानकारी प्रहरीलाई प्राप्त भएको थियो ।
खोजतलास गर्दै जाँदा शनिवार (आज) मृतक बालकको घरको नजिकै रहेको सेतो बि.एम इँट्टा भट्टाको कम्पाउण्डमा रहेको खाल्डोमा पानी जमेको पोखरीमा उनको शव भेटिएको परिसरका डीएसपी दिपक गिरीले बताए ।
उक्त स्थानमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी निरिक्षक सुर्य बहादुर शाहीको कमाण्डको अनुसन्धान अधिकृतको टोली खटी गई घटनास्थल तथा शव जाँच मुचुल्काको कार्य गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया