चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुलाई सहयोग

लोकपथ
70
Shares
सिन्धुपाल्चोक मेलम्चीमा बुधवार आएको बाढी । तस्वीर: रोशन सापकोटा-रासस

काठमाडौं । चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले बाढी र डुवानबाट प्रभावितको उद्धार तथा राहतका लागि सिन्धुपाल्चोकका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई आर्थिक सहयोग प्रदान गरेका छन् ।

चाँगुनारायण नगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले मेलम्ची नगरपालिकालाई १० लाख र हेलम्बु गाउँपालिकालाई  पाँच लाख दिने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । नगरप्रमुख मिश्र र उपप्रमुख बिना बास्तोलाको टोली आजै मेलम्ची गएका छन् ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकाले पनि मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २२ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रवार बसेको कार्यपालिका बैठकले विपद्मा परेको दुई पालिकाका नागरिकको उद्घार र राहत वितरणमा टेवा पुर्‍याउन रकम दिने निर्णय गरेको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाले मेलम्चीलाई ११ लाख ११ हजार १११ र हेलम्बुलाई ११ लाख ११ हजार १११ गरि २२ लाख २२ हजार २२ सहयोग गर्ने निर्णय अनुसार रकम बैँक मार्फत पठाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?