युरो कप खेल २१ : दुई छिमेकी राष्ट्र इङ्ल्यान्ड र स्कटल्यान्डले खेले गोलरहित बराबरीको खेल

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति भएको समुह ‘डी’को दोस्रो खेलमा इङ्ल्यान्ड र स्कटल्यान्डले ०-० गोलको बराबरी खेल खेलेका छन्।

लन्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको अधिकतम समय इङ्ल्यान्डले बल पोसेसनमा हैकम जमाएपनि गोल भने गर्न सकेन।

इङ्ल्यान्डले खेलमा ६० प्रतिशत बल पोसेसन दर्ता गरेको थियो भने कुल ९ शट स्कटल्यान्डको पोस्टमा प्रहार गरेको थियो। उता स्कटल्यान्डले भने ११ शट प्रहार गर्दा मात्र तीन शटलाई ‘टार्गेट’मा राख्न सफल भएको थियो।

यस बराबरीसँगै दुवै टोलीले समान १-१ अंक बाँडेका छन्। दुई खेलमा ४ अंक सहित इङ्ल्यान्ड समुह ‘डी’को दोस्रो स्थानमा रहेको छ भने स्कटल्यान्ड अंक तालिकाको पुछारमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?