युरो कप खेल २० : क्रोएसिया र चेक गणतन्त्रको बराबरी

लोकपथ संवाददाता
65
Shares
Czech Republic’s defender Vladimir Coufal (L) vies with Croatia’s forward Ivan Perisic during the UEFA EURO 2020 Group D football match between Croatia and Czech Republic at Hampden Park in Glasgow on June 18, 2021. (Photo by ANDY BUCHANAN / POOL / AFP)

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत गए राति खेलिएको समूह ‘डी’को पहिलो खेलमा क्रोएसिया र चेक गणतन्त्रले १-१ गोलको बराबरी खेल खेलेका छन्।

स्कटल्यान्डको राजधानी ग्लासगोमा भएको खेलको पहिलो हाफमा चेक गणतन्त्रले अग्रता लिएको थियो। ३७औं मिनेटमा चे ले पेनाल्टी प्राप्त गर्दा स्ट्राइकर प्याट्रिक शीकले सो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। यस प्रतियोगितामा प्याट्रिकको यो व्यक्तिगत तेस्रो गोल रह्यो।

पहिलो हाफमा १-० ले पछि परेको क्रोएसियाले दोस्रो हाफको ४७औं मिनेटमा बराबरी गोल फर्कायो। आन्द्रेज क्रमारीचको पासमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा पुर्याए।

खेलमा अरु कुनै गोल हुन नसक्दा दुवै टोलीले समान १-१ अंक बाँडेका हुन्। यसका साथै दुई खेलमा ४ अंक बटुलेको चेक गणतन्त्र समुह ‘डी’को शीर्ष स्थानमा रहेको छ भने क्रोएसिया १ अंक सहित तेस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?