फेरी बढ्न थाल्यो मेलम्चीको बहाव

लोकपथ
147
Shares

सिन्धुपाल्चोक । मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । बाढी बढेसँगै प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?