युरो कप खेल १९ : स्लोभाकियालाई पराजित गर्दै स्वीडेन समुह ‘ई’को शीर्ष स्थानमा

काठमाडौं । जारी युरो कप २०२० अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा स्वीडेनले स्लोभाकियालाई १-० गोलले पराजित गरेको छ।

रसियाको सेन्ट पिटर्सवर्गमा भएको समुह ‘ई’को खेलमा स्वीडेनले पेनाल्टी मार्फत गोल गर्न सफल भयो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा स्वीडेनले पेनाल्टी प्राप्त गरेको थियो।

खेलको ७७औं मिनेटमा स्वीडेनका स्टार खेलाडी एमील फोर्सवर्गले सो पेनाल्टीलाई गोलमा परिणत गर्दा स्वीडेनले खेलमा अग्रता लिएको थियो। खेलमा अरु कुनै गोल हुन नसक्दा फोर्सवर्गको गोल नै निर्णायक बन्न पुग्यो।

यस जितसँगै स्वीडेनले दुई खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीडेन समुह ईको शीर्ष स्थानमा रहेको छ। उता पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकिया ३ अंक सहित दोस्रो स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?