एक क्लिकमै थाहा पाउनुहोस् दिनभरका शीर्ष हेडलाइन्स् (भिडियोसहित)

लोकपथ
133
Shares

१. कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ४४ जनाको मृत्यु, १३ हजार ३७ परीक्षणमा २ हजार ७७८ जनामा संक्रमण पुष्टि,४ हजार २० जना संक्रमणमुक्त

२. गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, पक्षमा ३१, विपक्षमा २७ मत

३. ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले बजेट वक्तव्यमा गरेको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी, ढुंगा, सरकारसँग गिटी निकासी खुला गर्नुको कारण माग

४. बहुमत सदस्यको हस्ताक्षरसहित पार्टीको वैधानिकता दाबी गर्दै यादव पक्ष फेरि निर्वाचन आयोगमा, यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन

५. कारबाही गरेका नेतालाई पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोग पुग्यो माओवादी केन्द्र, एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै ध्यानाकर्षण

६. महाधिवेशन हुँदैन कि भनेर शंका नगर्न र आरोप– प्रत्यारोप बन्द गर्न कांग्रेस सभापति देउवाको अनुरोध, भन्छन्, महाधिवेशन नगराएको कलंक र अपराध बोक्नु छैन

७. कर्णाली सरकारमा रहेका तीन सांसदलाई मन्त्री पदबाट तत्काल राजीनामा दिन निर्देशन नेकपा एमालेको निर्देशन, दलिय व्यवस्थाको आचरण विरुद्ध काम गरेको आरोप

८. कोरोना भाइरस संक्रमणका बिरामीहरुको संख्या घट्दा बढ्न थाले पोष्ट कोभिडका बिरामीहरु, कोरोना भाइरसको असर शरीरको जुनसुकै अंगमा पनि देखा पर्न सक्ने भएकोले सचेत रहन चिकित्सकको सुझाव

९.जंगली हात्तिको नजिकै गएर सेल्फी खिच्दा मोरङमा २१ वर्षीय युवकको मृत्यु, पोखराको रुपा गाउँपालिकामा बाघको आक्रमणबाट दुई युवक घाईते

१०. लगातार तीन वर्ष लेखापरीक्षण नबुझाउने ४१ दललाई ५० हजार रुपैयाँ जरिवाना, काम–कारबाही नसच्याए आगामी निर्वाचनमा भाग लिन नपाउने र दल खारेज हुन सक्ने आयोगको स्पष्टोक्ति

११. आगामी जुन २२ देखि नयाँ फिचर ल्याउदै फेसबुक, अब अडियो पनि पोस्ट गर्न मिल्ने, फेसबुक पेजमा पोस्ट गरिएको अडियोबारे फलोअर्सलाई पनि नोटिफिकेसन जाने

१२. दक्षिण अमेरिकी मुलुकहरूमा लाम्ब्डा नामक कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, २९ देशमा फैलिसकेको भाइरसबाट पेरु, चिली र इक्वेडर बढी प्रभावित

१३. भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका लोकप्रिय नेताको पहिलो नम्बरमा, अमेरिकी सर्वेक्षणले देखायो अमेरिकी राष्ट्रपति बाइडेन र पुटिन पछि परेको रेटिङ्ग

१४. नाइजेरियाको केबी राज्यमा हतियारधारी समूहद्वारा एउटा स्कुलका पाँच शिक्षक र ८० विद्यार्थीको अपहरण, एक प्रहरी जवानको हत्या, एक विद्यार्थीलाई गोली लाग्यो

१५. खेलाडीहरुले धमाधम स्पोन्सरको बोतल हटाउन थालेपछि यूईएफएको नयाँ नियम स्पोन्सरले राखेको पेयपदार्थको बोतल नहटाउन टिम र खेलाडीलाई अनुरोध गर्दै बोतल हटाए जरिवाना तिराउने चेतावनी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?