काठमाडौं । सप्तरीमा ९ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छिन् । डाक्नेशवरी नगरपालिका-३ हटैल बस्ने राम उदगार यादवको छोरी ९ वर्षीया शिवानी कुमारी यादव शुक्रवार मृत अवस्थामा फेला परेकी हुन् ।
घरबाट घाँस काट्न जान्छु भनि निस्केकी उनी सोही ठाउँ बस्ने शिवनाथ यादवको आँपको बगैंचामा घाँटी रेटिएको
अवस्थामा उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक समेतको टोली घटनास्थलमा खटि गई अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया