एमाले महासचिव पोखरेलले गरे विकास योजनाको निरीक्षण

लोकपथ
195
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले आज काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा निर्माणाधीन विभिन्न विकास योजनाको निरीक्षण गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट यसअघि निर्वाचित पोखरेलले सो नगरपालिकाको वडा नं ६ को च्यासिडोलपार्क र धरमपुर बस्ती, वडा नं ७ मा रहेको पानचोक सामुदायिक भवन र हेपाली सडक ढलानलगायत विकास योजनाको जानकारी लिएका हुन् ।

निरीक्षणका क्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले स्थानीयवासीसँग अन्तरक्रिया गरेका थिए ।

नेता पोखरेलले केही दिनअघि बूढानीलकण्ठ -४ र ६ मा भइरहेका विभिन्न विकास योजनाको पनि निरीक्षण गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?